दफा ७४
खर्च तथा क्षतिपूर्ति भराउन सक्ने
: (१) यस ऐनबमोजिम शुरु गरिएको दामासाहीसम्बन्धी
काम कारबाहीका सम्बन्धमा अदालतले दिएको आदेश वा निर्णयउपर कुनै व्यक्तिको सम्बन्धित अदालतमा पुनरावेदन परी पुनरावेदन तहबाट समेत अदालतको आदेश वा निर्णय सदर भएमा यस्तो कारबाहीका सिलसिलामा अर्को पक्षले व्यहोर्नु परेको सम्पूर्ण खर्च पुनरावेदन गर्ने व्यक्तिबाट भराई लिन पाउनेछ ।
(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिम कारबाही चलाएको कारणबाट दामासाहीको काम कारबाही लम्बिन गई सम्बन्धित कम्पनी वा त्यसका साहू वा शेयरधनीहरूलाई कुनै हानि नोक्सानी पुग्न गएको देखिएमा अदालतले त्यस्तो व्यक्तिबाट वास्तविक हानि नोक्सानीको क्षतिपूर्तिसमेत भराइदिन सक्नेछ ।